No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘आफू मरे डुमै राजा !’

काँग्रेसको नयाँ तथा परमतत्वबोध

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

जेपी गुप्ता

पुरै बिद्यार्थी जीवनकालमा नेकाका मुर्धन्य नेताहरूले यस्तो ज्ञान र शिक्षा कहल्यै दिएनन् । ०७ सालको दिल्ली सम्झौता, भारतीय अधिकारीलाई राजा त्रिभूवनको सचिव बनाउँदा, सुच्चा सिंहलाई पक्रन भारतीय पुलिस नेपाल पस्दा, कोशी र गंडक सम्झौता हुँदा, उत्तरी सीमा क्षेत्रमा भारतीय चेकपोष्टहरू राखिदा, राधिकापुरको बाटो मांग गर्दा, सुस्ता-महेशपुरको जग्गा मिचींईदाँ, सिक्किमको भारतमा विलय हुँदा, मधेसको बिभिन्न ठाँउहरूमा सीमा विवाद हुँदा, लक्ष्मणपुर बाँध र तिलाठी-गौर डुबान हुँदा, महाकाली संधी हुँदा…अनेकन् प्रसंगहरूमा यिनीहरूले मौन बसे, नेबिसंघ र तरूण दलहरूलाई मौन बस्न लगाए ।


अतितमा बर्षौंसम्म कम्यूनिष्ट युवाहरूसंग “गोबर र खरानी” को नाममा झै झगडा गर्न लगाए । अन्तमा; सुवर्ण शम्सेर, बीपी कोईराला, सूर्य प्रसाद उपाध्याय, गणेशमान जी, किसुन जी, गिरिजाबाबु, महेन्द्र नारायण निधी…यिनीहरूको देहावसान भै सकेपछि शेरबहादुर जी, रामचन्द्र पौडेल, कृष्ण सिटौला, बिमलेन्द्र जीको नेपाली काँग्रेसले अब ईतिहास सच्याँउन लागेको छ ।


अब भारतसंग युद्ध गर्नुपर्ने, दुताबासको मूलगेटमा आगजनी गराउने, नेपालमा भारतीय नागरिकलाई कुटाउने, भारतीय बिस्तारवाद मुर्दावादको जुलुस निकाल्न लगाउने…जस्ता कार्यहरू अब नेकाका नेताहरूको निर्देशनमा हुन लागेको छ । बल्ल गगन थापा, विश्वप्रकाश शर्माहरूमा सत्यबोध भएको छ कि अब नेपाली काँग्रेसका नेताहरूले युवा पुस्तालाई सत्तारूढ गराउन सक्दैनन् ।

र, नेताहरूलाई पनि लागेको छ कि अब तिनीहरू नेपाली संसदीय राजनीतिका चीरस्थायी प्रतिपक्ष भएका छन् । सत्तापक्ष हुन सक्दैनन्- भारतसंग जिम्मेवारी तथा दायित्वका साथ तिनले भविष्यमा वार्ताको नेतृत्व गर्नुपर्ने छैन भन्ने परमतत्वबोध नेकाका नेताहरूलाई हुन गएको छ ।

अनि पो यिनीहरू अब भारतसंग सुरूंग युद्धको तयारीका लागि नेपालका कम्युनिष्टहरूलाई मात दिनेगरी तम्सेका छन् । बिभिन्न द्विपक्षीय समस्याहरूको समाधानका लागि नेकाको अपनाउदै आएको परम्परागत “शांत कुटनीति” को सट्टा प्रज्वलनशीन कुटनीतिलाई दुरूत्साहित गरिरहेका छन् !
भन्छन नि “..आफु मरे डुमै राजा !” 

गुप्ता पूर्वमन्त्री हुन् ।

Comments
Loading...