No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आजको राशि – कार्तिक २९ गते शुक्रबार

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

ओजराज उपाध्याय लोहनी।

दुनीयाँ वाट तिरस्कृत हुँदा धनको अर्थ के ।।

अप्मानीत आफु भै आफुबाटै पदले गर्छ के ।।

स्वयमको स्वार्थ हुदैन अर्थ देशको स्वार्थमा ।।

देशैलाई धोका दिदैछौ किन भन के अर्थमा ।।

तराइ पहाड गाँउ र सहर छ माथी हिमाल ।।

ति सवै मिलि बनेको हाम्रो स्वतन्त्र नेपाल ।।

गोर्खाली हामी छौं स्वाभीमानी वीरका सन्तान ।।

मायाँनी गर्छौ परेमा मर्छौ कम्जोर नठान ।।

शिवको साथ कालिको मायाँ छ हाम्रो साथमा ।।

फुलको थुँगा छ हाम्रो मनमा खुकुरी हातमा ।

देश भक्तलाई फुलले पुज्छौ दुश्मनलाइ खुकुरी ।।

लड्ने छौ हामी देशका निम्ती क्षणभर नकुरी ।।

मरेर जान्छौ हारेर खान्नौ बन्दैनौ भिकारी ।।

वस्दैनौ हामी छौ स्वाभीमानी दाशत्वो स्विकारी
२९ । ७ । २०७६

आजको राशि
विक्रम संवत २०७६ साल कार्तिक २९ गते शुक्रबार तदनुसार २०१९ नोवेम्वर १५ तारिख मार्ग कृष्ण पक्ष तृतिया तिथि साँझ ७ । ३१ उप्रान्त चौथि तिथि मृगशिरा नक्षत्र राति ११ । ५० सम्म उप्रान्त आरद्रा नक्षत्र शिव योग विहान ९ । ३८ उप्रान्त सिद्धि योग वणीज करण आनन्दादि योगमा मानस योग चन्द्रमा बृष रासिमा विहान ११ । ४८ सम्म उप्रान्त मिथुन राशिमा चर बेला विहान ७ । ५५ सम्म आज चन्द्रमा दक्षणमा हुदै पश्चिममा जाने भएकाले काम गर्दा विहान पूर्ब फर्केर दिउसो पश्चिम फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गत केही समयदेखि ग्रह प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ

मेष
बोलिको प्रभाव राम्रो हुदा अरुको विस्वास जित्न सकिने र धन लाभ हुने योग पराक्रमले काम बन्दा मन प्रसन्न हुने योग अधुरा काम बन्ने तथा नयाँकाम पाउने योगछ ठूलाव्यक्तिको निकट रहेर काम गर्ने अवसरमिल्नेछ

बृष
विहान महत्व पूर्ण भेटघाटमा रोजगरि र आर्थिक लाभको अवसर मिल्ने छ अरुको विस्वास आफुतिर रहने योग भएपनि दिउसो दिउसो अरुसङ्ग हुने विवादले मनोवल घट्ने र अरुले आलोचना गर्ने मित्रहरुले साथ नदिने भएकोले महत्वपूर्ण दिउसो काम नगर्नु उचित होला

मिथुन
विहान अनावस्यक विबाद धन नास र चिन्ता बढने योग भएपनि दिउसो बाट मनोबल बढने आँटेको काममा सफलता मिल्ने अरुको मन सजिलै जित्न सकिने जोस र जाँगर बढने नयाँकामको अवसर मिल्ने योग

कर्कट
विहान आर्थिक लाभको योग बौध्दिक कार्यमा सम्लग्नभै अन्तरकृया दिउसो खर्च बढने विबाद झुटाआरोप लाग्न सक्ने विस्वास गरेकाले धोका दिन सक्ने मनमा संका उपसंकाले दरिलो डेरा जमाउने धनमाल हराउने सम्भावना

सिंह
अनेकन झमेला पार गर्दै आफ्नुलक्षमा पुग्ने योग राज्यबाट सम्मान पाउने आर्थिक उन्नतिको शुभ अवसर आउने ठूला व्यक्ति संग अन्तर कृया गर्दै अघिबढने अवसर मिल्ने कूटनैतिक कार्यमा कूशलता दर्शाउन सफल

कन्या
केहि असजिलो महसुस भएपनि समय वलियो छ महत्व पूर्णकामका लागि उत्तमछ नोकरीमा सफलता मिल्ने छ राजनीतिमा सोचेको स्थानपाउने योग अरुको विस्वास जित्न सफल बैदेशिक कार्यमालाभ खर्च अलि बढिहुने योग

तुला
अशलफताको वादलचौतर्फि फैलिएकाछन स्वस्थपनि कम्जोर रहनेछ मनमा उदाशिन्ताले दरिलो डेरा जमाएकोछ विस्वास गरेकाले धोका दिने योग धर्ममा अरुचि बढने सामाजिक कार्यमा सम्मान हुनेछैन

बृश्चिक
विहान विदेशबाट खुसिको खवर आउनेछ बैदेशिक कारोवारमा लाभ मिल्ने योगछ प्रेमापनि रुचिका साथ अघिबढेर खुसि पाउन सकिनेछ दिउसो स्वास्थमा बाधा आउने खर्च बढने काममा अवरोध आउने मनमा चिन्ता बढने

धनु
परिश्रमले काममा सफलता मिल्नेछ धन मनग्य कमाउने अवसर मिल्नेछ यात्रा रमाइलो हुनेछ भाग्यले साथ दिनेछ पढाइमा सफलता मिल्नेछ व्यापारमा सोचे जस्तै सफलता मिल्नेछ भेट घाटमा खुसि बढनेछ

मकर
उच्च विचार वढ्ने परिश्रम गरेर आँटेका काम पुरा हुने योग नयाँकामको अवसर मिल्नेछ धनलाभ गर्नुहोला शत्रु पछाढि हट्ने उच्च विचार बढनेछ पढाइमा रुचि र मनमा प्रसन्नता बढने योग

 

कुम्भ
घरेलु कामको सफलताले मनोबल बढाउनेछ मित्रहरुले साथ दिनेछ बौध्दिक कार्यमा सफभै समयमा निर्णय हुदा आफ्नु काम सफलभै अरुद्वारा आफुलाइ लाभ हुने

मीन
पराक्रम बढने अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग मित्रहरुले साथ दिनुको साथै परिबारले पूर्ण सहयोग गर्ने व्यापारमा सुधार आउने पढाईमा सकृयय हुने योग

ज्योतिष शास्त्र प्राचिन विज्ञानहो जस्को प्रदूर्भाव श्रृष्ठी कालमै भएको हो । आधुनिक विज्ञानको जन्मदातानै ज्योतिष विज्ञान हो । जुन शास्त्रको मानव जिवनमा प्रत्यक्ष प्रभाव पर्दछ । जस्को उपयोगले जिवन सहज र सरल बन्दछ । जल वायु अग्नी आकाश पृथ्वी पाँच तत्वको सन्सार र पाँच तत्वको सरिर अनि पाँचै तत्वको प्रवाह गर्ने ग्रह पिण्ड हरु ।

 

जसरी सूर्यको प्रभाव हामी महसुस गर्छौ प्रत्यक्ष भएकोले अन्य ग्रह हरुकोपनी प्रभाव परेको हुन्छ । जिवनमा आउने घटना प्रतिघटना हरु सबैनै ग्रहकै कारण घटनेहो । तथाकथित व्यक्तीको स्वार्थमा रुमलिएको ज्योतिष विज्ञानलाइ विज्ञानकै रुपमा उभ्याउने प्रयासमा एकजुट हुनु आजको आवस्यकताहो । प्राचिन पूर्विया दर्शनको उद्गम स्थलनेपालनै हो ।

 

श्रृष्ठीको पहीलो भूमीपनी नेपालनैहो । विभिन्न कालखण्डमा धर्ममा आएको विघ्न बाधालाइ रक्षागरेकोपनी यही भूमीलेनै हो । यस्तो अप्राप्य अमुल्य र पुण्य भूमीलाइ उपेक्षा गरेर सन्सारको कुनै पनी भूमीमा गएर सुख शान्ति पाउन सकिन्न । जिवन जिउनको लागि त्यतिसारो धनको खाचोपनी पर्दैन मात्र महत्व काँक्षाहो । हाम्रो संस्कृर्ति कति सुन्दर छ ।

 

जहाँ ४ पुस्ता सजिलै एकै ठाउँमा बस्न सक्छन । ज्ञानले पारङ्गत जिजुवुवा ध्यान मङ्ग्न । कर्मले पारङ्गत हजुर्बा परिवारलाइ निर्देशन गर्न सक्षम । व्यवाहारले पारङ्गत बाउ जस्को साथ पाएर उत्कृष्ट चाहानले आकर्षित छोरा छोरी । आर्थिक हिसावले मितव्यइ ।

 

सामाजिक हिसावले एकता बध्द । प्रगति र उन्नतिको हिसावले शक्ती सम्पन्न । यस्तो संस्कृर्ति सन्सारको कुनै मुलुकमा पाइन्न । योहो बैदिक परिवार पुराना र नयाँ सबैखाले अनुभव पाइन्छ । जहाँ धर्म र कर्म जोढिएकोछ । यस्तो सम्रचना लाइ तथा कथित व्यक्तिको मनोकाँक्षामा अप्राकृर्तिक प्रकृया बाट आज ध्वस्त बनाइएकोछ । अप्रजातान्त्रीक कार्यलाइ हामीले सहश्र स्विकार गर्यौ भनाइएकोछ ।

 

Comments
Loading...