10 - 10Shares
गणेश थापा, पूर्वअध्यक्ष एन्फा
चारजना राष्ट्रिय टिमका खेलाडीहरू लाइ एन्फाले कारबाही भएकोमा मेरो भन्नु केही छैन। एन्फाले थप छानबिन गर्ने कुरा पनि एन्फाका प्रवक्ताले जानकारी गराउनुभएको छ। थप अनुसन्धानबाट आएको नतिजा पछि आफ्नो धारणा राख्ने छु।
यस विषयमा एन्फाको ध्यानाकर्षण गर्न चाहन्छु । यस प्रकरणमा व्यवस्थापक तथा प्रशिक्षक हरूको जिम्मेवारी छैन। मेरो विचारमा जति खेलाडीहरु दोषी छन् त्यति नै व्यवस्थापकहरु तथा प्रशिक्षक हरु ले पनि जिम्मेवारी लिनुपर्दछ।
आफ्ना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा रहेको अवस्थामा अनुशासनमा राख्ने जिम्मेवारी उहाँहरूको हो । त्यसकारण प्रशिक्षकहरु र व्यवस्थापकहरु को पनि छनबिन हुनु पर्दछ। व्यवस्थापकहरु खाली विदेश जान को लागि मात्र हो र? जुन दिन राति खेलाडीहरू वाहिर गएका थिए त्यो बेलामा प्रशिक्षक तथा व्यवस्थापक खेलाडीहरु बसेको ठाउँमा थियो कि थिएन यस विषयमा पनि गम्भीर छानबिन हुनु जरुरी छ।
खेलाडीहरु बसेको ठाउँमा प्रशिक्षक तथा व्यवस्थापक रहनु पर्ने अनिबार्य नै छ। त्यसकारण 4 जना खेलाडीहरु जसले देशको निमित्त gold medal जिताएका छन् र भविष्यमा पनि nepali राष्ट्रिय टिमको निमित्त अपरिहार्य खेलाडीलाई मात्र कारबाही गरेर समस्याको समाधान निस्कँदैन। यस घटना हुनुमा anfa प्रशिक्षक तथा व्यवस्थापक तेत्तिकै जिम्मेवार छन्।