No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हिमानी मुस्कुराउँदा मुस्कुराउने देश

  • 586
  •  
  •  
  •  
  •  
    586
    Shares

हिमानी शाह । नेपाली जनताले सबैभन्दा धेरै सुन्न चाहिइरहने नाम । जहिले, जुन अवस्थामा पनि हिमानीलाई सुन्दा सबैलाई एकपटक दोहोर्याउन मन सबैलाई लाग्छ होला शायद ।

२ सय वर्षभन्दा पुरानो इतिहासलाई आफ्नै आँखा अगाडि मेटाइएको देखेकी हिमानी सायद दुःखमा हाँस्न सक्ने भएर होला, उनको दुःखको मुस्कान पनि सबैमा प्रिय बन्ने । सत्ता सम्हालिइरहेका ससुरा एवं पूर्वराजा ज्ञानेन्द्र राजदरबारबाट बाहिरिइरहँदा होस्, वा त्यसपछिका अवधि होस्, पति पारसका विभिन्न अशोभनीय व्यवहारका कारण होस्, उनी जहिले पनि जन–जन मनमा बस्न सफल भएकी छिन् ।

देशमा राजनीतिक परिवर्तन नभएको भए, २ सय वर्षभन्दा पुरानो राजसंस्था नारायणहिटीमै छाडेर राजपरिवारका सदस्यहरु निर्मल निवास वा नागार्जुन दरबारमा नसरेको भए अहिलेको अवस्थामा शायद भविष्यमा देशको बागडोर सम्हाल्ने सर्वाधिक शक्तिशाली व्यक्ति बन्थिन् होला राजनीतिक रुपमा । तर, उनी जनताको मनमा भिज्नका लागि त्यो भन्दा कम शक्तिशाली व्यक्ति अहिले रहेकी छैनन् भन्ने कुरा उनी फैलिइरहने सामाजिक सञ्जालहरुले दर्शाउँछ ।

जुनदिन उनी आफ्नो निजी जीवनबाट अलिकति पनि समय सार्वजनिक रुपमा प्रस्तुत हुन्छिन्, जहिले पनि नेपाली मिडियाको ‘हेडलाइन’ नै, बनेकी हुन्छिन् । मिडियादेखि सर्वसाधारणले पछ्याइरहने पात्र बन्छिन्, यहीँबाट नै प्रष्ट हुन्छ, उनको सक्रियता अनि लोकप्रियता ।

देशको राजनीतिक वर्तमान परिवेशबाट सन्तुष्ट हुन नसकेका सर्वसाधारणका निम्ति उनी एक सफल एवं सर्वाधिक रोजिने व्यक्ति हुनेमा कुनै द्विविधा छैन । उनका हरेक क्रियाकलाप समाचारका विषय बन्नु जुन दिन नेपाली जनताको मनको अदालतमा उभ्याउने दिन आउँछ त्यसदिन ज्वलन्त उदाहरण अनि प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।

चाहे ससुरा ज्ञानेन्द्रलगायत परिवारका सदस्यसँगको ठमेल क्लब होस्, समाजसेवाका लागि देशका दूरदराजका स्थानीयहरुसँगको भेट, प्राकृतिक विपत्तिमा परेकाहरुको मल्हम बनेर प्रस्तुत हुँदा होस् वा विभिन्न सांस्कृतिक एवं धार्मिकस्थलहरुको उपस्थिति वा सामाजिक सञ्जालहरुमा उनको सक्रियता अथवा पति पारससँगको सम्बन्ध, यसबाट नै उनी लोकप्रिय मात्र नभई वास्तविक ‘जिम्मेवार’ पनि रहेकोमा कुनै आशंका छैन ।

उनको मुस्कानमा सँगै मुस्कुराउने सर्वसाधारण एवं जनतालाई  देख्दा जहिले पनि हिमानीमा यो शक्ति आइरहोस् भन्ने कामना गर्नमा कसैलाई एक पटक पनि सोच्नु पर्दैन होला अवश्व पनि ।

तस्बिरहरूः इन्टरनेट र सामाजिक सञ्जाल

Comments
Loading...