No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

किन भेटे भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनुले प्रधानसेनापति थापालाई ?

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ ।

सोमबार भएको भेटका क्रममा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।

Comments
Loading...