No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिम्पियाधुरा-कालापानी अतिक्रमित भूमि हो कि विवादास्पद ?

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

भरत दाहाल
लिम्पियाधुरा कालापानी क्षेत्र ईण्डियाबाट अतिक्रमित भूमि हो भन्ने कुराको प्रमाणका रुपमा त्यस क्षेत्रका नागरिकहरुले तिरोभरो गरेका कागजात, जनगणनाका प्रमाणहरु, पञ्चायतकालमा भएका चुनाव र सम्झौता भएका नक्शाहरु मन्त्रालयका दराजमा छन् ।

यी सबै तथ्यहरु अगाडि राखेर सरकारले सो क्षेत्र नेपालमा पर्छ भनेर संस्थागत निर्णय गर्न किन सक्दैन ? भएका प्रमाणहरुका आधारमा नक्शा जारी गरेर ईण्डियासँग राजनीतिक तहमा वार्ता गर्न किन सक्दैन ?

आफ्नै भूमिका बारेमा पाँडे शैलीको भाषणबाजी गरेर देशभक्ति देखाउनु पर्ने ? ओलीले कार्यकर्ताहरुको भेलामा गरेको भाषणलाई दिल्लीले आधिकारिक मान्छ ? यस्तो भाषण राज्यको औपचारिक धारणा हुन्छ ?

सरकार र दलहरुले संस्थागत रुपमा निर्णय नगरेर व्यक्तिगत भाषणबाजीमा होडबाजी गरिरहेको देख्दा यिनीहरुले यसलाई विवादास्पद भूमिका रुपमा लिएका छन् भन्ने देखिन्छ । यसको अर्को कारण हो( ईण्डियन सत्ताबाट नियमित रुपमा थाप्दै आएको चारो ।

यिनीहरुले प्रत्येक चुनावमा दलको साइज अनुसार ईण्डियन सत्ताबाट पैसा बुझ्दै आएका छन् । दलीय आन्दोलनका नाममा सबै प्रकारका अनैतिक सहयोगहरु तिनैबाट लिएका छन् । प्रधानमन्त्री र मन्त्री पदका लागि रुन गएका छन् र आफ्ना सन्तानहरुलाई केही लाखको छात्रवृतिका लागि तिनैका घरढोकामा याचना गर्न गएका छन् ।

ईण्डियनहरुसँग आँखा जुधाएर कुरा गर्ने नैतिक आँट नहुनुको कारण यही हो । संस्थागत रुपमा अघि बढ्ने सोच बन्न नसक्नुको कारण यही हो।

भएका प्रमाणहरुलाई बाहिर नल्याउन प्रदीप ज्ञवालीको मन्त्रालयले दबाब दिईरहेको समाचार बाहिर आइसकेको छ । यिनीहरुको कुतर्क छ कि प्रमाणहरु संस्थागत रुपमा बाहिर ल्याए ईण्डियासँगको सम्बन्ध बिग्रन्छ । यसको अर्थ हो ईण्डियासंग सम्बन्ध बिग्रने सर्तमा यिनीहरुले काम गर्न तयार छैनन् ।

दिल्लीले यस मामिलामा नेपाल विरुद्ध आफ्ना मिडियाहरु परिचान गर्न सुरु गरिसकेको छ । यहाँका दमित दलालहरुले भने यसको विरोध गर्नेहरुलाई पक्रन सुरु गरेका छन् ।

Comments
Loading...