No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गीत र म्युजिक भिडियोमा जम्दै धिरज खत्री

  • 237
  •  
  •  
  •  
  •  
    237
    Shares

सुष्मिता सुनार ।
२०४५ पुस १५ गते पिता वीर बहादुर खत्री र माता मनकुमारी खत्रीको कोखबाट यस धर्तीमा पहिलो पाईला टेकेका धिरज खत्री उदाउदा गायक र चर्चित बन्दै गएका म्युजिक भिडियो प्लेयर हुन । युवा उमेरमा नै गीत संगित र म्युजिक भिडियो क्षेत्रमा चम्किदै गएका धिरज भविष्यमा यसैलाई करिअर बनाउने प्रशस्त मेहनेत र परिश्रम गरिरहेका छन । अहिले यी दुवै क्षेत्रमा उनी जमेर अघि बढिरहेका छन ।

धिरज खत्रीको बाल्यकाल गाउघरमै बितको हो । सानै उमेरदेखिनै गाउन नाच्न असाध्यै रुचाउने उनी आजसम्म आईपुग्दा आफनो र अरुको गरी करीब चार दर्जन म्युजिक भिडियोमा काम गरेका छन । एक दर्जन गीत त धिरजले आफनो आवाजमा पनि रेकर्ड पनि गरिसकेका छन । यस आधारमा उनी उदाउदा गायक र नयाँ छबि बनाईसकेका म्युजिक भिडियो नायकको पहिचानमा चर्चित भैरहेका छन ।
खत्रीलाई गायन भन्दा मोडलिङ फापेको देखिन्छ । आफु हाँस्छु, सबैलाई हसाँउछु ,लभ ईज लाईफ भन्ने सपनामा रमाउदा रमाउदै धिरज आफ्नो करिअरलाई अघि बढाईरहेका छन ।
हरेक सुख दुखमा रमाउदै अगाडि बढ्दै आउदा पछिल्लो समय उन्ले अभिनय गरेका गीत सक्छौ भने भुल्दै भुल्दै जाउबाट नेपाल संङ्गीत उद्योग संघ, राष्ट्रिय म्युजिक अवार्ड पनि प्राप्त गरेका छन । उक्त गीत शैली कृयशन मार्फत बजारमा आएको हो ।
उक्त गितमा आवाज लोकप्रिय गायक रामचन्द्र चन्द र लोकप्रिय गाईका बिस्नु माझिको आवाज रहेको छ ।

यस गीतका शव्द सन्चारकर्मी तथा मोडल कल्पना रेग्मीले सृजना गरेका हुन । गीतमा निर्देशन हुम गैरेले गरेका हुन भने छायांकन सागर गौतमले गरेका हुन । पछिल्लो समय उन्ले अभिनय गरेका गितहरु सबै राम्रा छन ती मध्ये भुल्दै भुल्दै जाउ मार्फद टप सिक्समा परेका हुन ।

Comments
Loading...