No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

  •  
  •  
  •  
  •  
  •  

मधु कार्की ।

प्रबासिनु नेपाली यूवाको रहर हैन। आफ्नो माटोको सुगन्ध र आफन्तको मायाको महत्व परदेसिले जति अरु कसले बुझेको छ र !! काखमा लुटुपुटु गर्दा आमाको प्रगाढ निस्वार्थ स्नेहले त्यो फरियाको गन्धको पत्तै हुन्न सन्तानलाइ। आमाको माया र त्यो फरियाको सुगन्धको महत्त्व त प्रेमको खडेरिमा सम्झिरहेका हुन्छन बास्तबमा प्रबासिए पछि।

भाषन र आसनले नेपाली जनता वाक्कै दिक्कै भैसकेका छन। त्यसैको परिणाम हो यूवा शक्क्तिले प्रबाश रङ्गिनु। कालापानीको एजेण्डा मुख्य चुनाबी नारा प्राय सबै दलले जनतालाइ सुनाइउदै धेरै पल्ट मन्त्री ,प्रधानमन्त्री पडकाइसकेका छन। सवाल याहा एउटा दलको मात्रहैन ! भेरी सरि टु से !! तर लगभग सबै दल र राजनितिज्ञहरुले नेपाली जनतालाइ मिठा चुनाबी नाराले बेकुबै बनाइसकेको तितो यथार्थ लुकाउन सकिन्न।

नेपाल आमाको लुछिएको फरिया हेर्दै अब गैरआवासीय नेपालीहरु बस्ने छैनन् । बिश्वभरी छरिएर बसेका नेपालीहरुले कालापानी,लिपुलेक,लिप्पियाधुरा मात्र नभै इन्डियाको ठाडो गुन्डागर्दीले समस्त नेपालको केहि सिमामा अतिक्रमित नेपाली भूगोलको मुद्दाको बिषयमा बिश्वभरका नेपालीहरुले सम्बन्धित देशका भारतिय एम्बेस्सीलाई दाबाब सहित विशेष प्रदशन गरि बिष्वलाइ ध्यानाकर्षण गर्दै इन्डियाको ठाडो हेपाइ र गुण्डागर्दिलाइ बिश्वसामु सार्बजनिक गर्नेछन।

सिमा सुरक्षामा अत्यन्तै दयनिय,लापरबाहीका कारण आज देशले यो अवस्था भोगिरहेको छ। गोर्खालीको बाहदुरि अनि साहसी पहिचानको खिल्ली उडेको छ। शक्तिशाली देशको महत्वपूर्ण सुरक्षामा अब्बल गोर्खालीको बिरतामा प्रश्न उठेको छ । आफनै आमाको पिठिउमा गोलिगठ्ठा सहित इन्डियन आरमी सलबलाइ लुटिरहेको अस्मिता मुकदर्शक बन्दै चुनाबी नारामा सिमित हुने नेताज्यूहरुको भर अब बिश्वभरी छरिएका नेपाली जनता पर्ने छैनन। राष्ट्र बिपत्तिमा जहिले सबै भन्द्द पहिला दुख्ने प्रबासिहरुको मनले राष्ट्र लुटिदा अब बिश्व जुरुक्क पार्दै मोदिको अतिक्रमित रङ्गको धोतिलाइ बिश्वसामु नराम्रो सङ्ग उतार्नेछन।

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार १३:५१
Comments
Loading...