No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिलवालको सत्याग्रहमा विश्व हिन्दू महासंघको एक्यवद्धता

  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालले राजधानीको रत्नपार्कमा जारी राखेको ७२ घण्टे सत्याग्रहमा विश्व हिन्दू महासंघ अन्र्तराष्ट्रियले एक्यवद्धता जनाएको छ । महासंघकी महासचिव अस्मिता भण्डारीले अनशनस्थलमा पुगेर एक्यवद्धता जनाउनु भएको छ । मंसिर १ देखि समाजका संयोजक सिलवाल रत्नर्पाकमा हिन्दू राष्ट्रसहित राजसंस्था पुर्नस्थापनाको माग सहित सत्याग्रहमा हुनुहुन्छ ।
सिलवालको अनशनमा एक्यवद्धता र समर्थन जनाउदै विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले भन्नुभयो, रत्नपार्कमा स्वतन्त्र नागरिक समाजद्वारा आयोजीत हिन्दु अधिराज्य स्थापनार्थ ७२ घण्टे सत्याग्रहका लागि ऐक्यबद्धता प्रकट गर्दछु। हिन्दु अधिराज्यको विकल्प छैन ।

यसैवीच स्वतन्त्र नागरिक समाजले एक आव्हान गर्दै अनशनमा सबैको साथका लागि अपिल गरेको छ ।
स्वतन्त्र नागरिक समाजद्वारा आयोजित ७२ घण्टे सत्याग्रहमा सहभागी हुनको लागि सम्पुर्ण देशभक्त सनातन ओमकार परिवार लगायत नेपाल देशको पहिचान, हिन्दुअधिराज्य, र यसको संरक्षक शाहबंशिय राजसंस्था पुनःस्थापना गर्नुपर्छ भन्ने सम्पुर्ण देशभक्त, रास्ट्रबादी प्राध्यापक, वकिल, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघसंस्था लगायत आमनेपाली दाजुभाइ( दिदिबहिनीहरुलाई हार्दिक आव्हान गर्दछु।
स्थानस् शान्ति बाटिका, रत्नपार्क
समयस् २०७६ मंसिर १ गते बिहान ९ बजेदेखी मंसिर ४ गते बिहान ९ बजेसम्म
हेमबिक्रम सिलवाल
संयोजक
स्वतन्त्र नागरिक समाज

Comments
Loading...