3 - 3Shares
मधु कार्की ।
सिधान्त मन नपर्नु । ब्यबाहारमा असन्तुष्ट हुनु । अन्य यावत कुराहरुमा तालमेल नमिल्नु या रुष्ट हुनु न्यो नितान्त ब्यक्तिगत सम्बन्धका अनि बैचारिक र्स्वतन्तन्त्रताका कुराहरु हुन। तर हाम्रो समाजको चिन्तन कत्ती अमानबियका साथै घटिया ! सिधान्त मन नपरे पछि मानबियतानै भुली दुष्ट आत्मा बनिहाल्ने।
पाए सम्म मार्ने। नत्र चरित्र हत्या गर्ने। त्यो पनि भएन भने मिथ्याका आरोपहरु लगाउदै हिड्ने। समाज काहा जाँदै छ ?? मिठो सन्स्कृती भित्रको यो झ्याङिदै गएको बिकृत चिन्तनलाइ समयमै लगाम नलगाए के होला ?????
भयानक रोगका साथै अशक्त पिडामा जीवन र जिम्मेवारी देखिरहेका चाहे जो कोहि हुन। प्रधानमन्त्री या सामान्य नागरिक। जिउने हौसला दिनु मानबिय धर्म हो । सिधान्त र बिचार फरक छ भन्दैमा शु-स्वास्थ र दिर्घायूको कामना गर्नुपर्ने अवास्थामा मृत्युको कामना खुल्याम रुपले सामाजिक सन्जालमा देखिनुलाइ के भन्ने ?? हाम्रो समाजको चिन्तनको स्थरनै कति घिन लाग्दो ।
हैन कैले उठ्ने चेतना र चिन्तनको स्थरबाट ??? कमसेकम समय,अवस्था अनि प्रकृति हेरि मानबिय धर्म ख्याल गर्दै बिष्लेसन गर्ने बानिको बिकाश गर्न सकेदेखी नया पिढिहरुले भबिस्यमा हाम्रो सन्स्कार इम्प्लिमेन्ट गर्ने थिए।
सबैको जीवन अनि आफ्नो मान्छेलाइ भयानक रोग लाग्दाको पीडा एउटै हो। म पनि यस्ता पिडाबाट गुज्रिएको थिए । बाबा गुमाउदै छु केही समयमा भन्ने जानकार थिए। सायद म अझै उठन सकेको छैन यो पीडा बाट। त्येसैले होला मेरो बाबाको उमेरको बाबाहरुको कुनै प्रकारको पिडामा झन अस्वस्थतामा खै किन मलाइ अत्यन्त दुखेको महसुस हुन्छ।