No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चेन्नाईमा प्रारम्भ हुँदै टीभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । टीभीएसले चेन्नाईको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गर्न लागेको अपाचे रेस ट्रयाक एक्सपेरियन्स आज प्रारम्भ हुँदैछ ।

सम्पूर्ण तयारी पुरा भएर राइडरहरु अब ट्रयाक एक्सपेरियन्स गर्ने छन् । उनीहरु आज दिनभर यही रहने छन् । उनीहरु आज टीभीएस अपाचे २०० ४भी बाइकमा आफ्नो अनुभव लिने छन् ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे बाइक आर।आर ३१० र अपाचे २०० फोरभी मोटरसाइकलहरुको टेस्ट राइडमा सहभागिता जनाएका प्रतियोगीहरुमध्ये ६० जना गोलाप्रथाबाट चयन गरी प्रारम्भिक छनौट चरणबाट ३० अनि, ३० बाट छनौट गरिएका २५ जनालाई यसका लागि छनोट गरेको थियो । उनीहरुले चेन्नाईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा टीभीएस अपाचे बाइक कुदाएर आफ्नो जीवनको एक सुनौलो सपना साकार बनाउने कम्पनीले जनाएको छ ।

एकान्तकुना ड्राइभिङ्ग स्कूलको मैदानमा संचालित छनौट चरणबाट २५ जना प्रतियोगीहरु उत्कृष्ट ठहरिँदै उक्त मौका पाएका हुन्।

अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर आफ्नो मत दिएका थिए। नेपालमा अत्याधिक रुपमा रुचाइएको टीभीएस अपाचे आरआर ३१० र २०० ४भी ले माइलेज अत्याधिक दिन्छ भने यसमा अत्याधुनिक नवीनतम सुरक्षा प्रविधिद्वारा सुसज्जित गरिएको छ।

Comments
Loading...