No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘रनवे ड्रिम्स २०१९’ को शीर्ष उपाधि सिमरन र निश्चिललाई

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’ को आयोजनामा ‘रनवे ड्रिम्स– २०१९’ को शीर्ष उपाधि सिमरन चौधरी र निश्चिल न्यौपानेले जितेका छन् । सिमरनले आठ प्रतियोगीलाई पछि पारेको छ भने केटीतर्फ निश्चलले १९ प्रतियोगीलाई पछि पार्दै केटातर्फको शीर्ष उपाधि जितन सफल बनेका हुन् ।
कार्यक्रममा विजेताले आयोजकको तर्फबाट नगद एक लाख बराबरका विभिन्न अवसरका प्याकेज हात पारेका छन् । प्रतियोगितामा केटीतर्फ दिव्या शाह फस्ट रनरअप र रीना गर्सियता सेकेन्ड रनर अफ चुनिँदा केटातर्फ मनोजमान फस्ट रनरअप र आभाष भट्टराई सेकेन्ड रनरअप घोषित हुन सफल भए ।
प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रूपमा अगाडि बढाउन सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’ की सीईयो मञ्जु ढकालले बताइन् ।

Comments
Loading...