No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिकः ३० स्थानमा नेकपा, १३ स्थानमा कांग्रेस विजयी

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ । शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार ४, राजपा उम्मेदवार ३, राष्ट्रिय जनमोर्चाका उम्मेदवार १ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको जानकारी दिए ।

उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिकः ३० स्थानमा नेकपा, १३ स्थानमा कांग्रेस विजयी

Comments
Loading...