No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देशः म ठिक हुँदैछु

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अचानक आइलागेको स्वास्थ्य समस्या ‘एपेन्डिसाइटिस’का कारण जटिल शल्यक्रिया गर्नुपरेको र अब आफू ठिक हुँदै गएको बताएका छन् ।

आज अस्पतालबाटै जारी गरेको भिडिओ सन्देशमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराएका हुन् । “एपेन्डिसाइटिस भनेको अचानक हुँदोरहेछ, मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो, त्यसमा इन्फेक्सन भएछ र बाहिरसम्म फैलिएछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “इन्फेक्सन त्यसमा मात्रै भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिरसम्मै इन्फेक्सन भएकाले त्यसलाई हटाउन मेजर अप्रेशन गर्नुपर्यो । त्यसकारण उपचारमा हप्ता, दश दिन लाग्ने नै भयो ।”

Comments
Loading...