No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

६० वर्षमा उल्टियो जननिर्णय

  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

सुरेश आचार्य।

धरान नगरपालिका विसं २०१५ सालमा स्थापना भई विसं २०१६ मंसिर ७ मा पहिलो पटक धरान नगरपालिकाको निर्वाचन सम्पन्न भएको थियो । त्यसबेला नेपाल कम्युनिष्ट पार्टीका अधिकांश उम्मेदबार विजयी भई “धरान” नेपालकै पहिलो लालकिल्लाको रूपमा स्थापित भएको थियो, जुन समय केन्द्रमा दुई तिहाई बहुमतप्राप्त विपी कोइरालाको प्रधानमंत्रित्वमा नेपाली काॅग्रेसको सरकार थियो ।

आज ६० वर्षपछि केन्द्रमा नेकपाको दुई तिहाई बहुमतप्राप्त केपी ओलीको प्रधानमंत्रित्वको सरकार रहेको बेलामा धरान नगरपालिकाको मेयरमा नेपाली काॅग्रेसका तिलक राई विजयी बनेर ६० वर्षदेखि निरन्तर रूपमा धरानमा कायम लालकिल्ला ढलेको छ । ६० वर्षअघि धरानबाट देशव्यापी विस्तारित भएको कम्युनिष्ट अभियान जसरी नै आगामी दिनमा नेपाली काॅग्रेसले आफ्नो अभियान चलाउन सक्छ कि सक्दैन, धरान नगरबासीले नेपाली काॅग्रेसलाई एकपटक मौका दिएका छन् । यो मौकामा धरानबासीको मन जितेर अघि बढ्न नवनिर्वाचित मेयर श्री तिलक राईलाई शुभकामना व्यक्त गर्दछु ।

धरानलाई नेकपाले आफ्नो बपौति (taken for granted) का रूपमा ठानेर राष्ट्रिय राजनीति, विकास र समृद्धिको यात्रामा बिगत ३० वर्षदेखि धरानवासीलाई निषेधित गरेको प्रतिफल हो- लालकिल्ला ढल्नुको एक महत्वपूर्ण कारण ! दोश्रो कारण, धरानका मतदाताले आगामी निर्वाचनका लागि नयाॅ “ट्रेण्ड” को खाता खोलेका छन्, जसको प्रभाव विसं २०१६ पछि झैं अव पनि धरानबाहिर देशव्यापी विस्तारित हुन सकोस् । तेश्रो कारण, धरानलाई नेकपाले प्रादेशिक राजधानी नबनाएकोमा धरानवासी जनताले नेकपाको उम्मेदवारलाई पराजीत गरेर प्रदेश र केन्द्र सरकारलाई सन्देश पनि दिएका हुन । धरानका मतदाता सचेत छन्, यो कुरा जित्ने र हार्ने दुवैथरीले नबिर्सुन !!
(पहिलो तश्वीर: विसं २०१६ सालमा धरान नगरपालिकामा प्रथम पटक निर्वाचित नेकपाका जनप्रतिनिधी र दोश्रो तश्वीर नवनिर्वाचित नेकाका मेयर तिलक राई)

Comments
Loading...