No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

च्याँखे दाऊमा दिग्विजयको सपना देख्नेहरु

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

भरत दाहाल ।

च्याँखे दाऊमा दिग्विजयको सपना देख्नेहरु

यीनीहरुले मानिसलाई भेंडाबाख्रा नै ठान्छन्

रवीन्द्र मिश्रको सिद्धान्त…. साम्राज्यवादीहरुको षड्यन्त्र १२ बुँदे ठिक ! दलाल राज्य व्यवस्था ठिक ! संविधान पनि ठिक ! सुशासन र पारदर्शीता नभएर देश बिग्रेको हो, हामी मन्त्री भए देश बन्छ।

विवेकशीलको सिद्धान्त…… रवीन्द्र मिश्रकै ऐजन ऐजन।

कांग्रेस, एमाले, एमाओवादीको जे जे छ, सबै त्यही मान्ने । कुर्सीमा व्यक्तिको हेराफेरीलाई समृद्ध नेपालको सिद्धान्त बनाउने ! जुवा खेल्ने खाल उही भएपछि च्याँखेमा कसले दाऊ मार्छ भन्ने कुरालाई मुक्तिको मन्त्र बनाएर यी सौदागरहरुलाई भोट हाल्ने बेबकुफि कुन मानिसले गर्ला ? जसले जति भोट दिएका छन्, त्यो व्यक्तिगत सम्पर्कले गर्दा नाईं भन्न नमिलेर आएको हो । यीनीहरुले नेपालीहरुलाई भेंडाबाख्रा नै ठानेका छन् । यथास्थितिवादी दलालहरु भन्दा फरक मौलिक विषय नै नभएपछि बलेको आगो छाडेर भोटरले साझा र विवेकशीलको चिसो पानीमा नुहाउँछ ? दृष्टिकोण, सिद्धान्त, नीति केही छैन यीनीको भक्त भएर विश्वासका भरमा भोट हालि दिनु पर्ने ! सुशासन र पारदर्शीता राज्यको सिद्धान्त र नीतिमा हुन्छ कि व्यक्तिको गोजीमा ?

सिके राउतको सिद्धान्त.….. नेपाल विखण्डनका लागि संविधान संशोधन । ९ जना उम्मेदवारको ६ सय भोट । एउटा ठाउँमा त उम्मेदवारले आफैंलाई पनि नहालेर शून्य भोट । बिहारबाट ओसारिएका, कीर्ते नागरिकता लिएका र दिनको १ हजार भत्ता दिएर भाडामा उठाईएका मानिसहरुको जुलुस देखाएर पार्टी हुने भए भाडामा जुलुस बढाई दिने व्यवसाय गरेर बसेका मञ्चहरु नै सबैभन्दा ठूला पार्टी हुन्थे । शेरबहादुर, बाबुराम, पुष्पकमल, केपी ओलीले महत्व दिएर मात्र हो नत्र सिके जस्ता सडकछापहरुले भोलि नै अमेरिकाको टिकट काट्छन् । यही हो दलालतन्त्र भनेको ! कस्ता मानिसहरू हाउगुजी बनाइन्छन् यस्ता अपराधी दलालतन्त्रमा ?

 

Comments
Loading...