No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सागमा नेपालको स्वर्ण संख्या १९

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

कठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले उसु तर्फ २ स्वर्ण थपेर स्वर्ण संख्या १९ पु¥याएको छ । सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ ÷ ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो । मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ । नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।
महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् । त्यस्तै नेपालले मंगलबार कराँतेमा स्वर्ण थप गरेको छ । नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

Comments
Loading...