No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महाथिरले भने-इरानमाथिको अमेरिकी प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन विपरीत

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले इरानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताएका छन् ।

शनिबार कतारमाको राजधानी दोहामा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लंघन गर्दै इरानमाथि प्रतिबन्ध लगाएको बताएका हुन् ।

मलेसिया इरानमाथि अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्धको पक्षमा नभएको उनले बताए ।

अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाउँदा मलेसिया र अन्य थुप्रे मुलुकहरुले ‘ठूलो बजार’ गुमाउनु परेको मलेसियन प्रधानमन्त्री महाथिरले बताएका छन् ।

Comments
Loading...