No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जमैकाकी टोनीलाई मिस वल्र्ड २०१९ को उपाधि

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

मिस वल्र्ड २०१९ को उपाधि जमैकाले जितेको छ । जमैकाका लागि टोनी एन सिंले मिस वल्र्डको उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न ६९ औं ‘मिस वल्र्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १११ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वल्र्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन् । दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन् ।

मिस वल्र्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् । नेपालकी मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वल्र्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितेकी छन् ।

प्रकाशित: २९ मंसिर २०७६, आईतवार ०२:५६
Comments
Loading...