No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डा. गिरीको योग्यतामा काउन्सिल र प्रतिष्ठानको रेकर्डनै मेल खाएन

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डा.श्रीकृष्ण गिरीको योग्यताको विषयमा दिएको दस्तावेज नेपाल मेडिकल काउन्सिलको रेकर्ड विपरित पाइएको छ।

प्रतिष्ठानले काठमाडौं प्रेसलाई उपलव्ध गराएको पत्र अनुसार डा. गिरी २०७५ चैत २९ गते प्राध्यापकमा बढुवा भएको देखिन्छ । तर काउन्सिलको रेकर्डमा उनी २०६६ जेठ ४ गतेदेखिनै प्राध्यापक पदमा छन्।

प्रतिष्ठानले उपलव्ध गराएको पत्र अनुसार डा. गिरी २०६५ साउन १६ गते सहप्राध्याकमा नियुक्त भएको उल्लेख छ। जुन काउन्सिलको रेकर्ड अनुसार मेलखान्छ । सो अवधिदेखि गणना गर्दा डा.गिरी फ्याकल्टिको रुपमा १० बर्षको अवधि पुगेको देखिन्छ तर त्यो बीचमा उनी ८ महिना २३ दिन मन्त्रालयमा प्रवक्ताको रुपमा काजमा पनि गएका छन्। काउन्सिलको नियमावली अनुसार ६ महिनाभन्दा बढि अन्यत्र काज वा अध्ययनमा गए फ्याकल्टिबाट स्वतह निलम्वनमा हुने प्रावधान छ। जस अनुसार डा. गिरी मन्त्रालय गएको ८ महिनाभन्दा बढि अवधि भएकाले उनको फ्याकल्टिको समय गणना नहुने काउन्सिलका एक सदस्यले बताए । ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन कम्तिमा पनि १० बर्ष फ्याकल्टी हुनुपर्ने प्रावधान छ’ ति सदस्यले काठमाडौं प्रेससँग भने, ‘डा. गिरी १० बर्षमा ८ महिनाभन्दा बढि मन्त्रालय हाजिर भएकाले उहाँको कम्तिमा १० बर्ष फ्याकल्टि हुनुपर्ने आयोग मापदण्ड अनुसारको योग्यता पुग्दैन।’

आयोगको उपाध्यक्षको लागि स्नातकोत्तर गरेको २० बर्ष समय पुग्नुपर्ने अर्को मापदण्डमा पनि डा.गिरीको योग्यता अपुग देखिएको छ। उनको स्नातकोत्तर गरेको अवधि नियुक्ति भएको दिनमा जम्मा १७ बर्ष पुग्छ।

आयोगको उपाध्यक्षका लागि आवस्यक पर्ने उच्चनैतिक चरित्रमा पनि डा.गिरी चुकेका छन्। उनी प्रतिष्ठानको रेक्टर हुदा ५ जना ‘पोष्ट ग्रयाजुयट’ विद्यार्थीलाई विदेशमा तालिमका लागि आएको विश्व स्वास्थ्य संगठनको ६० हजार अमेरिकी डलर बराबरको छात्रबृत्ति रकमको आफै चारदेश घुमेर दुरुपयोग गरेका थिए । डा. गिरी उक्त छात्रबृत्तिको रकमबाट अष्ट्रेलिया, स्विजरल्याण्ड, श्रीलंका र अष्ट्रिया घुम्न गएका थिए। अष्ट्रेलिया

सहप्राध्यापकबाट प्राध्यापक आठ महिनामै बढुवा?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको ऐन अनुसार सहप्राध्यापकबाट प्राध्यापक हुन कम्तिमा पनि ५ बर्ष समय लाग्ने प्रावधान छ। तर डा.गिरी प्रतिष्ठानको आफै रेक्टर भएका बेला ८ महिनामै आफ्नो बढुवा गरेर प्राध्यापक भएका हुन्। उनी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको निकटताका कारण पटक पटक नियुक्ति पाउदै आएका छन्। पोखरेललेनै उनलाई मन्त्रालयको प्रवक्तादेखि रेक्टर हुदै आयोगको उपाध्यक्ष बनाउन साथ दिएका हुन्।

काठमाण्डुप्रेस डटकमबाट साभार
प्रकाशित: २४ पुष २०७६, बिहीबार १५:५८
Comments
Loading...