No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा विद्युत प्रशारण लाइन र सडक पूर्वाधार व्यवस्थित गरिनु त राष्ट्रघात नै हुन्छ !

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

सूर्य थापा ।

एमसीसी सम्झौताअनुसार –
अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने र नेपाल सरकारको तर्फबाट सो कार्यक्रममा १३० मिलियन अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नु पर्ने ब्यवस्था रहेको छ । उक्त रकम ऊर्जा र यातायातको विकासका क्षेत्रमा सम्झौता लागू भएको मितिबाट पाँच वर्षभित्र परिचालन गरिसक्नु पर्ने प्रावधान छ ।

सम्झौतामा देहायबमोजिमका विद्युत प्रसारण लाइन निर्माण तथा सडक मर्मत सम्भार गर्ने कार्य समेटिएको छ-
– काठमाडौंको उत्तरपूर्वमा अवस्थित लप्सीफेदीदेखि काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेदेखि हेटौंडा सम्मको खण्ड, रातमाटेदेखि दमौली सम्मको खण्ड, दमौलीदेखि बुटवल सम्मको खण्ड र बुटवलदेखि भारतको सीमानासम्मको खण्डमा ४०० केभी क्षमताको प्रसारण लाइनहरु तथा रातमाटे, दमौली र बुटवलमा ३ वटा सबस्टेशन निर्माण गरिनेछ। एमसीसीको सहायतामार्फत प्राप्त हुने अनुदानमध्ये ३०० किमी प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि करिब ४०० मिलियन अमेरिकी डलर खर्च गरिनेछ ।

– सडकतर्फ पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको चन्द्रौटादेखि लमही हुँदै बाँके र दांग जिल्लामा पर्ने शिवखोलासम्म कूल १०० किलोमिटर सडकको स्तरोन्नति गरिनेछ। सडक स्तरोन्नतिका लागि करिब ५२ मिलियन अमेरिकी डलर खर्च गरिनेछ ।
– बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको नेपाल-भारत सीमासम्मको निर्माणका लागि सहायता उपयोग गरिनेछ ।
(पहिले अरूण तेस्राे जलविद्युत आयोजना बनाउनुजस्तै नेपालमा यसरी विद्युत प्रशारण लाइन र सडक पूर्वाधार व्यवस्थित गरिनु त राष्ट्रघात नै हुन्छ !!!!!)

प्रकाशित: २६ पुष २०७६, शनिबार ०५:५५
Comments
Loading...