No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कजाईँ दिनू’

  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares

सोमविक्रम सिंह ।
पश्चिमा, नर्वेजियन तथा ब्रिटेनलाई धर्म फालेर रिलिजन लाद्न थियो । बाईसे चौविसे राज्य ताका नेपाल पुर्वीय दर्शनको शिर थियो । विशाल भारत मुस्लिम र क्रिश्चियन सम्राटले आक्रमण गर्दै धर्म र सांस्कृतिक माथि हमला गरि तहसनहस पारि महिला जति बलात्कार गरी नयाँ नश्ल जनसंख्याको जमात तयार पारिसकेका थिए । एकीकरणका नायक तथा युद्वका वीर सिपाही पृथ्वीनारायण र तिनका सन्तानको शासकीय पद्वती, चलाखी तथा बहादुरीले गर्दा नै कसैको बिस्तारवाद र साम्राज्यवादको सामान्तीय जिनको अधिनमा नेपाल थिएन । तसर्थ नै वैदिक सनातन धर्म तथा संस्कृतिको बाधा शाहवंशीय राजा र श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहले उपत्यकामा डेरा जमाएर बसेका ईटालियन पादरी लखेटेर नेपाललाई असली हिन्दुस्थाना बनाउन खोजेको बदला लिन पनि राजसंस्था फाल्न थियो र उचित मौकाको पर्खाइमा थिए ।

जब भारत विदेशीको गुलामी पश्चात् मुक्त भयो । गान्धीको शासन समयमा भारतमा नेहरू डक्ट्रिन सल्बलाउन थाल्यो जसरी राजेन्द्र प्रसाद नेपाल भारतको अधिनमा देख्न चाहन्थे । नेहरू हिमालसम्म भारतको अधिनमा रहनु पर्ने सपना देख्दथे । भारतमा पालित पोषित तथा न्वारन गरिएका दुई पार्टीलाई प्रभावमा ल्याई राणा शासन फाल्ने काम भयो । नजरवन्दमा रहेका राजा त्रिभुवनलाई प्रयोगमा ल्याई प्रजातन्त्रको जप गर्दै आफू मुक्त हुन पार्टीको सहयोगमा राणा शासन ढाले । जसको प्रत्यक्ष फाइदा भारत लिई नेपाललाई आफ्नो अधिनमा राख्न जाल बिच्छाए ।

भारतीय शासकको नेपाललाई भारतमा गाभी राजा त्रिभुवनलाई राष्ट्रपति हुने प्रस्तावलाई उल्टै भारतलाई नेपालमा गाभि देशको नाम नेपाल राखौं भनी कटाक्ष गरि झोक्किएर फर्केका थिए युवारज महेन्द्र । राजा त्रिभुवनको मृत्यु पश्चातको विषम परिस्थितिमा नेपालमा राजा महेन्द्रको उदय भयो । झण्डै सिक्किमीकरण भोगी सकेका देशलाई राजा महेन्द्रले बहुत चलाखीपूर्वक युएनमा नेपाललाई दर्ता गराई स्थापित गरे ।

ज्ञात रहोस् बिपीले कसैको उक्साहटमा नेपाललाई युएनको सदस्यता नदिलाओस् भनी उजुरी पत्र पठाएका थिए । तत्पश्चात चलाख तथा राष्ट्रवादी राजा महेन्द्रले चीनदेखि, रूस, ब्रिटेन, फ्रान्स , संयुक्त राज्य अमेरिका सबैलाई आफ्नो कुटनीतिको जालमा पारि सकेका थिए । भारत भर्खर ब्रिटीस बुटबाट मुक्त भएका थिए र कुटनैतिक रूपले आफु कमजोर पर्ने हुनाले केही गर्न सक्ने अवस्थामा पुगिसकेका थिए । नेपाल अन्तर्रा्ष्ट्रिय तथा कुटनैतिक क्षेत्रमा निकै अगाडि बढिसकेको थियो । आफ्नै भाषा , सभ्यता , लिपि , संस्कृति, मुद्रा , सुरक्षा सेना, शिक्षा प्रणाली, कलकारखाना स्थापित गरिसकेका नेपाल अग्रगामी छलाङका साथ अगाडि बढ्दै थियो । तसर्थ भारतले राजा र राजसंस्था एकदम बाधाको रूपमा देखिसकेको थियो। यो पनि उपयुक्त समयको पर्खाइमा थियो ।

अकस्मात् देशभक्त राजाको स्वर्गबास भयो, राजा वीरेन्द्रको शासन शुरू भयो जो गाई जस्तो सोझो , जनप्रिय र शान्तिप्रिय थियो । विश्व सामु नेपाल शान्ति क्षेत्रमा घोषित गरियोस् भन्ने प्रस्तावमा सारा संसारले सहर्ष स्विकार गरे तर भारतले मानेन । दिन दहाडै काटामार हुने देश भारतले कुकुर मर्दा भनी शोक मनाउने देश नेपालको शान्ति प्रिय बाटोको बाधक हुने ठान्नु कुनै आश्चर्यको बिषय थिएन । नेहरू डक्ट्रिनका भोका प्रधानमन्त्री ईन्दिरा गान्धीको भुटानीकरणलाई, पुर्ण स्वतन्त्रता नेपाल हो भन्ने विश्वस्त दिलाउने राजा वीरेन्द्रलाई त झन् के सहन सक्लान् ?

बिदेशी ग्राण्ड डिजायनबाट परिचालित कुख्यातबाट दरबार हत्याकाण्ड मचाएर राजा ज्ञानेन्द्रलाई असहज बातावरणमा राज्यरोहण गराए पछि सहजै नेपाल भुटान सरह लिन पाईन्छ भनी विदेशी शक्तिको साशस बढ्यो । यता राजालाई थिलो थिलो पार्न माओवादी जन्माईएको थियो । राजा ज्ञानेन्द्रलाई फेरि पनि भुटानीकरणको प्रेसर आउन थाले । विदेशीका औंलामा नाच्ने नेता , बिदेशीको पैसा र तालीममा उध्धुम मच्चाउने माओवादी र अवुझ नेपाली जनताले गर्दा अन्ततः राजा ज्ञानेन्द्रले हार खाए ।

एक चीन एक नीीत अन्तर्गत चीनको अभिन्न अङ्ग मानिएको ताईवान युएनको भिट्टो पावर सहितको सुरक्षा परिषदमा ताईवान चुन्निने अवस्थामा थियो । राजा महेन्द्रले चलाखीपूर्ण तरिकाले चीनबाट छुट्टिएको भाग ताईवान भन्दा चीन नै सुरक्षा परिषदमा भिटो पावर सहितको पदमा उचित भन्ने तर्कले गर्दा चीन गरिमामय तथा शक्तिशाली पदमा पुग्यो । यसले संयुक्त राज्य अमेरिकालाई ठूलो धक्का पुगेको र राजा महेन्द्रबाट त्रसित देखिए भन्ने विश्लेषण छ । संयुक्त राज्य अमेरिका पनि एउटा सहज दाउमा नै थियो । चीन एकदिन सामारिक पावरफुल राष्ट्र हुनेछ र संसारमा उसको दवदवा हुनेछ भन्ने बुझिसकेको थियो । चीनलाई र भारत दुवैलाई काउन्टर दिन सहज भुमि भनेको नेपाल नै हो ।

ब्रिटेनलाई पनि आफुलाई धपाएको प्रति भारतसँग केही न केही असन्तोष छ भने शीतयुद्व ताका भारत रसियासँग घनिष्ठता थियो । नेपाल भारत र चीनलाई खेलाउनको लागि बिश्वको लागि उत्तम भुमी हो । माओजेतोङले नेपालका राजसंस्थालाई असल मित्रको रूपमा लिन्थे । पश्चिमाको लागि धर्म र संस्कृति सिद्वाउन , भारतलाई हिमाल सम्म आफ्नो सीमा पुराउनको लागि राजसंस्था बाधक थिए भने संयुक्त राज्य अमेरिकालाई राजसंस्था र चिनसँग गहिरो साम्बन्धले गर्दा झोक चलिरहेको थियो । तसर्थ पृथ्वीनारायण देखी , राजा महेन्द्र , राजा वीरेन्द्र , राजा ज्ञानेन्द्र सम्म बदला लिन सबै एक ढिक्का भए । नेपालमा दलाली सहजै पाउने भएकाले पार्टीहरूलाई प्रयोगमा लिए ।

तसर्थ नै २०४६ सालको जनआन्दोलन, दरवार हत्याकाण्ड, शसस्त्र जनयुद्व, ६२र६३ आन्दोलन, राजसंस्था बहिर्गमन, गौर हत्याकाण्ड, टीकापुर हत्याकाण्ड आदि काण्डहरू भए । पश्चिमा र अमेरिकाले धन र हतियार दिई भारतीय खुपिया एजेण्ट प्रयोग गरी माओवादीलाई भारतीय भूमिमा तालिम गर्न लगाए । बिडम्वना राष्ट्र निर्माता, विदेशका चङ्गुलबाट बचाउने, नेपालको अस्तित्व र पहिचान दिने, शान्तिका प्रतिक र विकासका खाका कोर्ने , जनताको लागि बिदेशीसँग कुटनैतिक चाल अपनाई बाटो घाटो, पुल पुलेसो , कलकारखाना तथा उद्योग बनाउने, व्यबस्थाको लागि जनताको एक थोपा पनि रगत खेर जान हुन्न भन्ने , आफ्नो देशको अस्तित्व र भुमि रक्षार्थ मर्न तयार हुने राजा जनतालाई पचेन । बिडम्वना ठ्याक्कै यसको उल्टो कालो कर्तुत गर्ने दलाल हरू , सत्ताको लागि अनियमितता र भ्रष्टाचार गर्ने देशको ढुकुटी सिद्वाउनेलाई जनताले भोट दिएर ससम्मान जिताउने काम गर्छन् । यहि धेरै कारण नै बहिर्गमनको मुख्य कारक तत्व रह्यो ।

तसर्थ पश्चिमा, भारत र संयुक्त राज्य अमेरिकाको स्वार्थ अनुरूप राजा फाल्ने कुरामा सहमत भई अन्तत दलाल , कठपुतली , दास तथा गुलामहरूको सहयोगमा राजसंस्थालाई सहजै फाल्न सफल भए । गणतन्त्रपछि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको दास मानसिकता सहितको कुटनिती छर्लङ्ग भईसकेको छ भने नेपालको राजनीति लथालिङ्ग भई देश नै रहला नरहलाको स्थितिमा पुगिसकेको अवस्था छ ।

चीन पनि नेपालको घनिष्ठताको सम्बन्ध भन्दा टाढा भईसकेको छ भने अरू बिदेशी शक्ति त नेपाललाई गुलाम नै बनाउने दाउमा छन् । चीनले बिश्वमा आफ्नो व्यापारिक सञ्जाल बढाईसकेको अवस्था छ । नेपालमा आफ्नो व्यापार बढाउनु भन्दा पनि नेपालले प्रत्यक्ष बिकासको फाईदा लिओस् भन्ने छ ।त्यसैले नेपालमा पनि भौतिक संरचनाले अरू विश्वसँग जोडिने किसिमले बिआरआईको रूपमा पुर्वाधार बिकासमा जोड दिएको हो । चीनको राष्ट्रपति भ्रमणको बेलामा नेपालको पूर्वाधार विकासको लागि ५७ अर्ब दिएको थियो ।

हुन त मुखले मात्रै भारतले पनि २०७२ साल भुकम्प गएको बखत ५३ अर्ब दिएको थियो । पैसा दिने नै क्रममा अमेरिकाले पनि ५५ अर्ब दिई टोपल्यो । चीनले बिआरआईमा नेपाललाई सहभागी गर्ने बित्तिकै एकैचोटी भारतबाट लिम्पुवाधुरा, लिपुलेक , कालापानी नेपालको भुमि आफ्नो नक्सामा राखेर प्रकाशित गर्यो । यसै समयमा ५५ अर्बको लोभ देखाएर मिलनियम प्रोजक्ट एमसिसीको नाममा सहयोगको चास्नी अघि सार्यो ।

नेपाल ईण्डो प्यासिफिकको फण्डामा फस्न कुनै पनि हालतले हुन्न भन्ने समयमा संयुक्त राज्य अमेरिकाले नेपाललाई एमसिसिको नाममा फसाउन लागेको अवस्था छ । फेरि पनि कुनै पनि बहानामा नेपाल त्रीशक्तिको अगाडि फसीसकेको अवस्था छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले हुकुम भए अनुरूप नेपाल दुई ढुङ्गाबीचको तरूल हो । विश्व कुटनैतिक हिसावमा कुनै समय शक्तिशाली देश धेरै नै कमजोर तरूल जस्तो कमलो छ । उहाँको दिव्य वाणी अहिले आएर सान्दर्भिक देखिएको छ ।

चीन बादशाहसित ठूलो घा राख्नू । दख्खिनको समुद्रका बादसाह घा त राख्नु , त्यो महाचतुर छ । हिन्दुस्थान दबाई राखेछ । सरजमिन परि रहेछ । हिन्दुस्थान जम्यो ( मिल्यो ) भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । चीन विश्व नम्बर एक बन्ने दौरानमा जसरी तिब्र गतिले आफ्नो जाल फिजाएर दौडिरहेको छ । सुझबुझका साथ कुटनैतिक तथा छिमेकि सम्बन्ध मिलाउन सकेन भने चीनका राष्ट्रपति सी जिङपिङले हड्डी चकनाचुर पार्दिन्छु भने झैं नेपालले त्यो नियति भोग्न नपरोस् । बिदेशी सम्राज्य र बिस्तारवादले जुन किसिमले नेपाललाई धर्म संस्कृति तथा राष्ट्र र राष्ट्रियताको वलियो खम्वा उखडेर फाल्न सफल भयो त्यो त झन् ठ्याक्कै मिलेको छ ।

अझ पश्चिमाको गुलाम भारतले ठ्याक्कै आफ्नो मालिकले झैं नेपाल प्रति पटक पटक दुरव्यवहार गरिरह्यो र नेपालको भुमि नै आफ्नो नक्सा भित्र हाल्यो । जसले राजाहरूको दूरदर्शिता मिलेको छर्लङ्गै हुन्छ । उदेक लाग्ने कुरा त भारतले हाम्रो सीमा मिची रहँदा गोर्खाको बासिन्दा अर्जुन थापा मगर पाकिस्तान सँगको सीमा नजिक सीमा जोगाउँदै गर्दा जीवन आहुती दिन पर्यो । अनौठो कुरा नेपाली भारतीय गोर्खा रेजिमेण्टबाट लडेर देह त्याग भयो भने तिनका शव दाहसंस्कार गर्न नेपाल फर्काउन दिंदैन , शव उतै भारतीय झण्डा ओढाएर अन्त्येष्टि गरिन्छ । यसो हेर्यो भने नेपालको भूमि अहिले दुई ढुङ्गाबीच तरूलको रूप नभई एक भयङ्कर बिष्फोटक डाईनामाईटको रूपमा परिणत हुँदैछ । यदि पड्केमा पहिला आफै ध्वस्त हुन्छ तर बाछिटा परे झैं थोरै रूपले चीन र भारतलाई असर गर्ला । झन् चीनका महामहिम राजदूतले भर्खरै प्रेस कन्फरेन्स गरेर नेपालले एमसिसी सम्झौता गरे चीनलाई केही असर पर्दैन त्यो नेपालको आन्तरिक मामला हो भन्दा नेपालका नालायकहरूले केही बुझ्दैनन् झैं लाग्छ ।

अन्तमा नेपालीले अब देश दुनियाको परिस्थितिको सार बुझ्न अत्यन्तै आवश्यक छ । मेरा साना दुःखले आज्र्याको मुलुक होइन , सबै जातका साझा फुलबारी हो । यो मुलुक यस देशको राज मुकुटले बलले मात्रै नभई बुद्वि बिवेक प्रयोग गरेर बचाएका हुन् । यो मुलुक निर्माण हुँदै गर्दा राजा जनता र सिपाहीले रगत तथा पसिना अथाहा रूपले बगाएका थिए र चातुर्यपूर्ण रूपले अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कुटनैतिक प्रयोग गरेर यो देश बचाएका थिए । जनताले बुझ्नु पर्ने नै यहि यथार्थपरक ईतिहास हो ।

पार्टीले देशलाई र जनतालाई बिभाजित गर्न बाहेक केहि गर्न सकेन । निञानिसाप बिगान्र्या भन्याको घुस् दिन्या र घुस् षान्या हुन् , ईन दुईको ता धन जीव गरिलियाको पनि पाप छैन । कपुतहरूले देशको ढुकुटी लुटेर देश ध्वस्त पार्न सिवाय केही गरेनन् र अनियमितता र भ्रष्टाचार हेर्ने संस्था अख्तियारलाई सुद्व भ्रष्ट बनाए । भ्रष्टाचारले गर्दा देशको कानुन तथा न्याय व्यबस्था पनि ध्वस्त भयो तसर्थ जबसम्म भ्रष्ट्रचार र अनियमिततालाई सही ढङ्गले व्यबस्थापन गरिन्न देश उँभो लाग्दैन । नेपाली काँग्रेस पनि दक्षिण लागे मधेशवादी दलले पेल्ने उत्तर लागे कम्युनिष्टले पेल्ने यथार्थतालाई बुझेर राजसंस्था र वैदिक सनातन धर्म संस्कृति तर्फ नढल्किकन सुखै छैन ।

चीनका महामहिमले भनेका कुरा चीनका एक नेपाल बुझ्ने चिनियाँ पाहुनाले व्याख्या गरे अनुरूप एमसिसि पास गरे पनि ईण्डो प्यासिफिकमा हाम फाले पनि अमेरिकन सेना नेपालमा तैनाथ गरेता पनि र बिआरआईमा नेपाल सहभागिता नजनाए पनि यो नितान्त नेपालको आन्तरिक कुरा हो अन्ततोगत्वा दुख नेपाल नै पाउने छन् पिडीत त भोग्ने नेपाली जनता नै हुन् । ईराकमा झैँ अमेरिका सेना फर्किदैन फर्काउने नै भए नेपाल डुब्ने पैसा दिने हैसियत हुनपर्छ नत्र सबै किसिमको नाकाबन्दीको पीडा भोग्ने नेपाल नै हो ।

तसर्थ नेपालको र शाह वंशीय राजाहरूको ईतिहास बुझौं तथा पृथ्वीनारायण शाहको दूरदर्शिता सहितको दिव्य बाणी मनन गरौँ । राष्ट्रिय अखण्डता , अविभाज्य तथा अक्षुण्ण नेपाल , पुर्ण स्वतन्त्रता र सार्वभौम जनता ( पृथ्वीनारायण शाहको बाणीले नै प्रष्ट पार्दछ “ दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कजाईँ दिनू “ ) शाह वंशीयको देन र सिद्वान्त तथा बिचारलाई हामीले आत्मासात गर्न सक्न पर्दछ । यहि नै राष्ट्र नायक तथा राष्ट्रका एकीकरणका सिपाही श्री ५ बडा महाराजधिराज प्रति श्रद्वासुमन हुनेछ र पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको सार्थकता हुनेछ । श्री ५ पृथ्वीनारायण शाह अमर रहुन् , राष्ट्रिय एकता दिवस जिन्दावाद ।

Comments
Loading...