No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बलिउड चलचित्र ‘छपाक’ को बक्सअफिसमा पहिलो दिन सन्तोषजनक व्यापार

  •  
  •  
  •  
  •  
  •  

दीपिका पादुकोणको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘छपाक’ले बक्सअफिसमा पहिलो दिन सन्तोषजनक व्यापार गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन ४ करोड ७७ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।
आदर्शले चलचित्रको व्यापारमा शनिबार र आइतबार बृद्धि हुनेसक्ने बताएका छन् ।

मेघना गुलजारको निर्देशनमा बनेको ‘छपाक’ करिब १४ वर्षअघि एसिड आक्रमणको शिकार बनेकी लक्ष्मी अग्रवालको वास्तविक कथामा आधारित चलचित्र हो। जसमा दीपिकाले लक्ष्मीको भूमिका निभाएकी छन् ।

प्रकाशित: २६ पुष २०७६, शनिबार ११:३६
Comments
Loading...