No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी 

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकपमा सहभागी देशको संख्या २० पुर्‍याउने तयारी गरेको हो ।

आइसीसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेको छ ।  अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । २० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएको छ ।

जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेको छ । यो योजना पारित भएमा नेपालजस्ता एसोसियट देशका लागि बढी फाइदा हुनेछ ।

प्रकाशित: २८ पुष २०७६, सोमबार १०:५०
Comments
Loading...