No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसिया ११ को सान्तवना जित

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

इनरुवा रंगशालामा मलेसिया ११ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्तवना जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले सान्तवना जित निकालेको हो ।

सोमबार २ सय ९९ रनको लक्ष्य पच्छाएको गण्डकी २७ दशमलव २ ओभरमा १ सय ६ रनमा अलआउट भएपछि मलेसिया विजय भएको हो । गण्डकीका लागि विपिन खत्रीले सर्वा्धिक ४२ रन बनाउँदा प्रविन ढकालले १९ रन बनाए ।

विधान श्रेष्ठले १० रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् । मलेसिया ११ का सुहरिल फित्रीले ४ विकेट लिए । अनवार रहमान र विजय उन्नीले समान ३–३ विकेट लिए ।

प्रकाशित: २८ पुष २०७६, सोमबार ११:०२
Comments
Loading...