No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एल्बम ‘मायाको’ सार्वजनिक

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौँ । राजधानीमा एल्बम ‘मायाको’ सार्वजनिक भएको छ । गीतकार सिन्धु राणाको १३ औं एल्बम ‘मायाको’ सार्वजनिक भएको हो । कार्यक्रममा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबरा, वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले एल्बम सार्वजनिक गरेको छ ।

एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जुनीलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका गीत छन् । गीत ‘मायाको’ र ‘न्यानो घाम’मा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबराको शब्द छ।

गीतमा रामकृष्ण ढकाल, विश्व नेपाली, सपनाश्री, मिलन अमात्य, आनन्द कार्की, संगीता राना प्रधान, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको स्वर छ ।

गीतमा नरेन्द्र प्यासी, आशिष अविरल, हरि लम्साल, राजनराज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ र सचिन सिंहको संगीत छ । एल्बममा रहेको ‘मायाको’ र ‘मेरी जुन’ बोलको गीतको भिडियो निर्माण भइसकेको छ ।

प्रकाशित: २८ पुष २०७६, सोमबार ११:३१
Comments
Loading...