No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाडीभित्र अश्लील गतिविधि गर्ने रवीन रुचाल पक्राउ

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सार्वजनिक सवारी साधानभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् ।
विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको थियो । महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताउँदै साइबार अपराधमा मुद्दा चलाइने जानकारी दिए ।

घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाडौँ बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पनि घटनाको अनुसन्धानमा लागेको थियो ।

घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाडौँको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन । घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ ।

उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र तीन लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित: २९ पुष २०७६, मंगलवार १०:५०
Comments
Loading...