No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुई महिनाभित्र जनकपुर-जयनगर रेल

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल दुई महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उनले जानकारी दिए । जी टु जी माध्यमबाट रेल खरिद गरिने छ ।

२ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुने उनले बताए । सरकारले संघ अन्तर्गत पर्ने सडक पुनर्निर्माणको काम गरिरहेको उनले बताए । समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए ।

दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए । बैठकमा सांसद दीनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए ।

Comments
Loading...