No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपाध्यक्ष गिरीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

  • 179
  •  
  •  
  •  
  •  
    179
    Shares

काठमाडौं । स्वतन्त्र युवा संगठनले झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाहीको माग गर्दै बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भेला भएका संगठनका कार्यकर्ताले गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले उपाध्यक्ष गिरीविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

करोडौं घुस माग्ने उपाध्यक्ष गिरीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै उनलाई सरकारले बर्खास्त गरी कारबाही गर्न संगठनले माग गरेको छ । यसअघि आइतबार संगठनले भक्तपुरको सानोठिमीस्थित आयोग कार्यालय अगाडि गिरीको राजीनामा माग गर्दै प्रदर्शन गरेको थियो ।

कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको भन्दै कलेज संचालक प्रसाईंले केही दिन अघि पत्रकार सम्मेलन गरेका थिए । त्यसैगरी स्वास्थ्य शिक्षा अभियन्ता विजय थापाले पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई २१ दिने अल्टिमेट दिइसकेका छन् ।

 

 

Comments
Loading...