No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भूकम्पको क्षतिबाट सकारात्मक शक्ति आर्जन गर्नुपर्छः सत्यमोहन जोशी

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares
शिब शंकर चौधरी / उज्यालो नेपाल
ललितपुर । ललितपुरको मंगलबजारमा २२ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । दिवसका अवसरमा बिहीबार जाउलाखेलबाट प्रभातफेरि गरी मंगलबजारमा कोणसभा गरिएको थियो । प्रभातफेरि कार्यक्रममा सशस्त्र प्रहरी बल,नेपाल रेडक्रस सोसाइटी र सर्वसाधारण पनि सहभागी भएका थिए ।
जिल्ला प्रशासन कार्यालयक र ललितपुर महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, सांसद जीवन खड्कालगायतले भूकम्प सुरक्षाका विषयमा बोलेका थिए । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा वाङ्मय पुरुष संस्कृतिविद् सत्यमोहन जोशी रहेका थिए । जोशीले ९०,४५र २०७२ सालको भूकम्पको आफ्नो अनुभव सुनाएका थिए । उनले भूकम्पको क्षतिबाट सकारात्मक शक्ति आर्जन गर्नुपर्ने बताएका थिए ।
प्रकाशित: २ माघ २०७६, बिहीबार १२:२६
Comments
Loading...