No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालन्युजको महाप्रबन्धकमा राई नियुक्त

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेपालन्युज प्रालिको महाप्रबन्धकमा भीमराज राई नियुक्त भएका छन्। नेपालन्युज प्रालिले यही माघ १ देखि राईलाई व्यवस्थापनको सम्पूर्ण जिम्मेवारीसहित महाप्रबन्धक नियुक्त गरेको हो।

यसअघि राई यती एयरलाइन्समा सिनियर म्यानेजरका रूपमा कार्यरत थिए। एयरलाइन्समा २१ वर्ष लामो अनुभव सँगालेका राईले नेपालन्युज व्यवस्थापनको जिम्मेवारी सम्हालेका हुन्। नवनियुक्त महाप्रबन्धक राईलाई नेपालन्युजका कार्यकारी सम्पादक छेटु शेर्पाले स्वागत गरेका थिए।

महाप्रबन्धक राईले अहिलेको समयमा ‘डिजिटल मिडिया’ सशक्त रूपमा अगाडि बढेको उल्लेख गर्दै नेपालन्युजलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लगिने बताए।
नेपालकै पहिलो अनलाइन न्युजपोर्टल नेपालन्युज नयाँ व्यवस्थापनसहित २०७६ जेठ १५ देखि पुनः सञ्चालनमा आएको हो।

Comments
Loading...