No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मानवशास्त्री डोरबहादुर विष्टको ‘भाग्यवाद र विकास’ नेपाली भाषामा

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ ।

वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गर्नुभएको होे । विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले पुस्तकको सार्वजनिकीकरण गरे ।

पुस्तकमा नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक सङ्गठनका आयाम, मुुलुकको भूू–राजनीतिक अवस्था, यहाँका जात र प्रथा, परिवारिक संरचना र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरु समेटिएका छन् ।

नेपालको राजनीति र सरकार, शिक्षा क्षेत्र, विदेशी सहायता र विकासका बारेमा यथार्थपरक ढङ्गबाट विषयवस्तु प्रस्तुत गरिएको उक्त पुुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका जटिल र सुष्म समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रुपमा ख्याति पाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा जगमान गुुरुङले कुनै समुुदाय विशेषका कारण नभई नेपाली समाजमा राष्ट्र र राष्ट्रियताप्रतिको समर्पण र कर्तव्यवोध कमजोर भएकाले विकासको गतिविधिमा भएको बताए ।

मानवशास्त्री श्रेष्ठले मुुलुक विकासको लामो यात्राका लागि अनुुवाद गरिएको भाग्यवाद र विकास पुुस्तक प्रस्थान विन्दुुको मुहान हुने बताए ।
कृतिका अनुुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूूलभाव र भाषालाई सकेसम्म उस्तै ढङ्ग र शैलीमा अनुुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको बताए ।

प्राडा रघुुवीर विष्टले विचारलाई जीवन पद्धतिमा ल्याएर परीक्षण गर्ने व्यक्तिका रुपमा रहेका मानवशास्त्री डोरबहादुर विष्टले मानव विकासलाई विकासको केन्द्र विन्दुुमा राखेर योजना बनाउनुपर्छ भन्नेमा दृढ मत अघि सारेको स्मरण गरे ।

समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जुङले समाजको विकासमा योगदान दिन चाहनेले अब मन्दिर र शिवालयमा नभई शिक्षालयमा लगानी गर्न सुझाव दिए । आजभन्दा २५ वर्ष अघिदेखि कृतिको अनुुवादको थालनी गरिएको भए पनि जुुम्लाबाट मानवशास्त्री विष्ट काठमाडौँ फर्केको घटनाले प्रकाशनमा ढिलाइ हुन पुुगेको सो अवसरमा जानकारी गराइयो ।

Comments
Loading...