No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सभामुखमा उम्मेदवारी नदिने कांग्रेस संसदीय दलको निर्णय

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार विहान बसेको संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने र नेकपाको उम्मेदवारलाई पनि समर्थन नगर्ने निर्णय गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार संसद्मा नेकपाको बहुमत रहेकाले कांग्रेस तटस्थ बस्ने निर्णय गरेको हो । नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सभामुखमा उम्मेदवारी दर्ताका लागि आज विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ ।

Comments
Loading...