No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबेंसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नम्बरको ट्रक तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

Comments
Loading...