No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेश दुईको स्वास्थ्य नीति मस्यौदा कार्यदलद्वारा सरकारलाई हस्तान्तरण

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

जनकपुरधाम । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. राम केवल साहले समाजिक विकास मन्त्री नवल किशोर साहलाई र मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।

कार्यदलले तयार पारेको मस्यौदामा प्रदेश दुईको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनर्संरचना लगायतका विषयहरु समेटिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्गदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोच अनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको बताउनुभयो ।

Comments
Loading...