No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनआइसी एशिया र खल्तीबीच डिजिटल भुक्तानी सम्झौता

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । एनआइसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एनआइसी एशिया बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अरविन्द साहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनआइसी एशिया बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’मार्फत सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

Comments
Loading...