No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका लागि संचालक प्रसाईंद्वारा आयोगमा निवेदन दर्ता

  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन चिकित्सा शिक्षा आयोगमा निवेदन दिनुभएको छ ।

बिहीबार आयोग पुगेर प्रसाईंले सम्बन्धन प्रक्रिया अघि बढाउन निवेदन दर्ता गराउनुभएको हो । मेडिकल कलेज सञ्चालक प्रसाईंका अनुसार सम्बन्धन माग्दै दिएको निवेदन आयोगले दर्ता गरेको छ । चिकित्सा शिक्षा ऐनमै राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ ।

राजधानीबाहिर आशयपत्र पाएर सम्बन्धन कुरिरहेको बिएण्डसी एउटै मात्र मेडिकल कलेज हो । आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बिएण्डसीबाट निवेदन आएको र अब त्यसलाई अध्ययन गर्ने जानकारी दिनुभयो ।

यसअघि बिएण्डसी मेडिकल कलेजको सम्बन्धनका निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रुपैयाँ घुस मागेको प्रसाईंले आरोप लगाउनुभएको थियो ।

Comments
Loading...