No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिगको उपाधि जिते

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सावित्रा भण्डारीले निर्णायक गोल गरेपछि गोकुलम केरला एफसीले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा क्रिस्पा एफसीलाई ३(२ ले पराजित गर्दै गोकुलम पहिलो पटक च्याम्पियन बनेको हो ।

गोकुलमका लागि नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्राले ८७औं मिनेटमा निर्णायक गोल गरिन् । त्यसअघि गोकुलमले दुई गोलको अग्रता लिएपनि क्रिस्पाले बराबरी गरेको थियो । तर सावित्रा निर्णायक बन्दा गोकुलम विजयी भयो । खेलको पहिलो मिनेटमै प्रमेश्वरी देवीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् । २५औं मिनेटमा कमला देवीले गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।

सावित्राले खेलेको सबै खेलमा गोल गरिन् । उनले समूह चरणमा पाँचवटै खेलमा गोल गरेकी थिइन् ।

Comments
Loading...