No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मन्त्रालयहरुमा भएका भ्रष्टाचारकाबारेमा अध्ययन गरी प्रतिवेदन बुझाउन ‘छायाँ सरकार’को निर्देशन

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको आइतबार पहिलो बैठक बसेको छ । समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको हो ।

पूर्वमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएका कुराहरु बाहिर आएकाले अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको नेता सुरेन्द्र पाण्डले जानकारी दिनुभयो ।

मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकार रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने बैठकमा निर्णय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरु रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।’

बैठकमा फागुन १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडी बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाँकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो ।

Comments
Loading...