No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्ड आगामी चैत २१ गते हुने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पाँच विधामा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पाँच विधामा सम्मान गर्ने भएको हो ।

सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने जानकारी दिए । उनका अनुसार वर्ष क्रिकेट खेलाडी (महिला, पुरुष) तर्फ १ लाख ३१ हजार पुरस्कार राशी राखिएको छ ।

अन्य तीन विधामा समान ६६ हजार पुरस्कार राशीका साथ सम्मान गरिने छ । लाइफटाइम अचिभमेन्ट अवार्ड भने अनलाईन भोडिङका माध्यमका आधारमा छनोट गरिनेछ ।

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार १०:२६
Comments
Loading...