No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधान संशोधनका लागि नेकपाद्वारा कार्यदल गठन

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । शनिवार बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी सदस्य तथा संसदीय दलको उपनेता सुवास नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सम्मिलित कार्यदलको गठन गरेको हो ।

कार्यदलले राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियत बराबरी हुने गरी संविधान संशोधन गर्न सुझाव दिनेछ । उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने अडानमा छन् । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारी नेकपाले गरेको छ ।

Comments
Loading...