No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोना भाइरसका कारण दक्षिण कोरियामा उच्च सतर्कता

  •  
  •  
  •  
  •  
  •  

कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिहरू सङख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्।

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेलालाई छोट्याइदिएका छन्। भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।

युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्। हालसम्म इटलीमा १५२ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्।

मिलान र भेनिसमा कडा क्वारन्टीनको व्यवस्था गरिएको छ। झन्डै ५०,००० सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता सहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइएको छ।

ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।

इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्। “यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,” लोम्बर्डीका स्वास्थ्यप्रमुखले बताए।

यसैबीच इटलीबाट छुटेको रेलमा सवार दुई जना यात्रुमा कोरोनाभाइरस सङ्क्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ।

दक्षिण कोरियाका अधिकारीहरू पनि कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्। कोरोनाभाइरसबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ “उच्चतम तह” को सतर्कता घोषणा गरिएको छ।

सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना बढेको शनिवार अधिकारीहरूले बताएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७६, सोमबार ०३:२३
Comments
Loading...