No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के आफ्नो फोटो भएको केक काटेर खाँदा आफैं काटेर खाएको हुन्छ त ?

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

दीपेश पुन ।
केक त जसको जन्म दिन हो उसैको फोटो राख्ने चलन पनि छ । के आफ्नो फोटो भएको केक काटेर खाँदा आफैं काटेर खाएको हुन्छ त ? हरेकले आफ्नो जन्मदिनको केकमा आफ्नो नाम लेखिन्छ । के आफ्नो नाम आफैं कसैले काट्न सक्छ त ? आफूलाई मन पर्ने मान्छेको फोटो, नाम वा उस्तो पहिचान झल्काउने चिजहरु जन्म दिनको केकमा राखेर केक काट्ने प्रचलन छ ।

आफूलाई मन पर्ने चिज पो केकमा बनाउने हो त । यो पनि केक नै हो । कार्ल माक्र्स , रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र नरेन्द्र मोदीको जन्म दिनको केक । विश्वका धेरै नेताहरुको केक त्यही देशको झण्डा, नक्सा अनुसार बनाईने कुरा नौलो हैन ।

केक घोडाको हुन्छ, हिमालको हुन्छ, आफ्नै फोटोको पनि हुन्छ,पृथ्वी आकारको केक पनि हुन्छ । केक अनेकथरीको बनाउन सकिन्छ । आफूलाई मन पर्ने वस्तुको आकार दिने मात्र हो ।

 

Comments
Loading...