No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘आमा’को दबदबा कायमै, ‘म यस्तो गीत गाउँछु २’ को रिलिज स्थगित

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

फिल्म ‘सेन्टी भाइरस’ शुक्रवारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुबाट उत्रिएको छ । तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् ।

चौथो हप्ताबाट ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिँदा ‘आमा’ ले भने आफ्नो दबदबा कायमै राखेको छ । यी दुई फिल्म एकसाथ मैदानमा उत्रिएका थिए । माउथ पब्लिसिटी तगडा भएका कारण यो फिल्म लामो रेसको घोडा बन्न सफल भएको हो । तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो फिल्मले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन ।

कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली फिल्म छैनन् । शुक्रवारबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण फिल्मको रिलिज स्थगित भयो । यद्यपि, शुक्रवारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् ।

Comments
Loading...