No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार बैशाखबाट प्रसारण हुने

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।
दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन । बिजेताले कुल २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । हिमालय टेलिभिजन र आइएमईबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ ।

Comments
Loading...