No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तिमीले छोएको जति सुनैसुन बनोस् !

  •  
  •  
  •  
  •  
  •  

डा. गोविन्दशरण उपाध्याय ।

एउटा लोभी मान्छेसंग एउटा भूत खुसी भयो | उसले मन चाहेको वरदान दिने भयो | लोभी मान्छेले “आफुले जे कुरा छोए पनि सुन वन्नु पर्ने” वरदान माग्यो |

दाताले वरदान दिए | ऊ खुसीले पागल वन्यो | ऊ सम्पूर्ण संसारलाई पहेंलो सुन बनाएर सबैभन्दा बढी धनी बन्न चाहन्थ्यो | हरेक थोकमा हातले स्पर्श गर्यो | उसका चारैतिर सुनैसुन देखिन थाल्यो |

साच्चिकै वेलुका आफ्नो घरमा पुग्दा ऊ विश्वको सबैभन्दा धनि मान्छे बनिसकेको थियो | उसले छोएका सबै थोक सुन बन्थे |

बेलुका घर पुग्यो | वावालाई देखेर खुसी हुँदै आएकी छोरीलाई उसले अंगालो हाल्यो | तुरुत्न त्यो सुनमा परिणित भई | छोरा आयो, उ पनि सुनको मूर्तिमा वदलियो |

छोरी सुनमा परिवर्तित भएको देखेर आमाले आफ्ना पतिलाई हात समातेर के झकझक्याएकी थिइन्, उनी पनि सुनकै मूर्तिमा रुपान्तरित भैहालिन् |

घरपरिवार सबै पहेंलो सुनमा रुपान्तरित भए | बेलुका पख उसले तिर्खाको अनुभव गर्यो | पानीले भरिएको लोटा पनि पानी सहित पहेंलो सुनमा रुपान्तरित भयो |

भोक लगेर वेहाल भए पनि ऊ आफ्नो भान्छामा पस्यो | श्रीमतीले पकाएर राखेको भोजन के छोएको थियो, त्यो सबै पहेंलो सुनमा रुपान्तरित भयो |

उसले सुन त कमायो तर उसले अरू सबैथोक गुमायो | उसको सुनले एकछाक भोजनसम्म प्रयोग गर्न दिएन | अन्तत: सुनको भात खान नसकेर पहेंलो सुनका बीचमा उसले प्राण त्याग्नु पर्यो |

देश र जनता विपत्तिमा परेको वखतमा कालोबजारी गरेर धन कमाउको हातले जे-छोए पनि सुनै बनोस् !!

Comments
Loading...