No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘खेलाडीको पुरस्कारमा कटौती गर्ने अनि होटलमा २० लाखको जाँडरक्सीको डिनर आयोजना गर्ने कस्तो खालको नीति हो एन्फाको ?’

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

गणेश थापा, पूर्वअध्यक्ष, एन्फा ।

खेलकुद मन्त्रालयमा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया सँग हिजो भेटघाट भयो। मकवानपुर जिल्लामा सिडियो भएको कारणले गर्दा उहाँसँग पुरानै चिनजान थियो। समग्र खेलकुद को कुराकानी गर्ने सिलसिलामा नेपाल सरकारले वर्षको उत्कृष्ट खेलाडीलाई उपलब्ध गराउँदै आएको 20 लाख रुपियाँ वर्तमान एन्फाले पूरा रकम नदिएको बारेमा ध्यानाकर्षण गराए।

हिजोका दिनमा खेलाडीहरुलाई कार र apartment दिदै आएको सबैलाई जानकारी नै छ। अहिले आएर नेपाल सरकारले उपलब्ध गराएको रकम पनि पुरा नदिदा पनि हिजोका दिनमा कार तथा अपार्टमेन्ट पाउनेहरुले र सिंगो कार्यसमितिले एक शब्द पनि खेलाडीको पक्षमा नबोले को देख्दा साह्रै चित्त दुखेर आउछ। खेलाडीको पुरस्कारमा कटौती गर्ने होटेल अन्नपूर्णमा 20 लाख भन्दा बढीको जाँडरक्सीको डिनरको आयोजना गर्ने यो कस्तो खालको नीति हो एन्फाको।

पुरस्कृत खेलाडीले आफूमाथि अन्याय भएको भनेर एन्फा अध्यक्ष को अगाडि चेक फालेर जाँदा कसैले पनि खेलाडीको पक्षमा नबोलेको उल्टै सम्झाएर चेक लिनको निमित्त भनेको देख्दा आश्चर्यचकित भएको छु। त्यसकारण यस विषयमा खेलकुद मन्त्रालयबाट पक्कैपनि न्याय हुनेछ भन्ने मैले आशा गरेको छु। राज्यले दिएको रकम कसैले पनि कटौती गर्न मिल्दैन। यस्तो घटना थाहा पाउँदा पाउँदा पनि सम्बन्धित निकायले यसबारेमा मौन बस्नु चाहिँ अर्को आश्चर्यजनक छ।

Comments
Loading...