No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोनाबाट आफू सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित रहन प्रोत्साहित गरौं

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares
रेवती सापकोटा ।
कोरोना भाइरसलाई सामाजिक रुपमा बहिस्कार गर्नका लागि आफू सुरक्षित रहने र अरुलाई पनि सुरक्षित रहन प्रोत्साहित गर्ने हो । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले सबैलाई घरमा सुरक्षित रहन सरकारले अपिल गरेको छ । विपद र महामारीको वेला एकले अर्कोलाई सहयोग गर्ने हो, सरकारले चालेको कदमलाई साथ दिने हो । यहि नै सच्चा नागरिकको दायित्व हो । #Covid19
विपद र महामारीको समयमा गलत र भ्रामक सूचना संप्रेषण नगरौ र त्यस्तो सूचना सम्पेषण गर्दा कानूनी रुपमा दण्डनीय हुनेछ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ:-
७०. झुट्ठा अफबाह फैलाउन नहुनेः
(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
पूर्व पत्रकार समेत रहनु भएका लेखक सापकोटा वागमती प्रदेशका प्रेस रजिष्टार हुनुहुन्छ।
Comments
Loading...