No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वदेश फर्किन चाहने नेपालीलाई प्रतिबन्ध लगाउने नीति अन्तर्राष्ट्रिय कानुन विपरित छ

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

सुरेश आचार्य ।

विदेशबाट नेपाल आउन चाहने नेपाली नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने नीति गलत छ ! जुन देशमा नेपालीहरू बसोबास गरेका छन्, त्यो देशले नेपाली नागरिकलाई deport (फिर्ता) गरेको अवस्थामा ती नेपाली नागरिकलाई आफ्नै देशमा आउन समेत प्रतिबन्ध लगाइएपछि तिनीहरू कुन देशमा जाने ? यस्तो गलत नीतिले गर्दा नेपाली नागरिक अन्तरराष्ट्रिय शरणार्थी बन्ने परिस्थिति सिर्जना नहोओस् ! यो गंभीर विषय छ ! यस्ता विषयमा राजनीतिक दलहरूले सरकारले आवश्यक सल्लाह दिदैनन् कि दलहरूलाई नागरिकप्रति कुनै सरोकार नै छैन? दलहरू सबै भातमारा जस्ता देखिए !!

हुनत, हातधुने पानी र साबुनको व्यवस्था स्थानीय सरकारले आआफ्नो क्षेत्रमा मिलाउनु पर्नेमा बिचरा नेपाल प्रहरीले हातधुने पानी, स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने देशमा राजनीतिक क्षेत्र पूरै निकम्वा देखिन थाल्यो ।

हालै कतारले १५० जना नेपालीलाई कोरोना महामारीमा भीडभाड गरेको भन्दै deport गरिदिएको खबर संप्रेषण भएको छ । तिनीहरू अहिले कहाॅ र कुन अवस्थामा छन्, नेपाल सरकारलाई जानकारी रहेकै हुनुपर्छ । यस्तै, आज सरकारी प्रतिबन्धका बाबजुद थाइल्याण्ड र भारत (विमान) बाट ६१ नेपालीलाई स्वदेश फर्किएका छन् । नेपाली भूमीमा प्रवेश गरेपछि तिनीहरूलाई सरकारले भक्तपुरको क्वारेन्टाइन केन्द्रमा पठाएर ठिकै गरेको छ ! स्वागतयोग्य छ ।

तर नेपाली नागरिकलाई स्वदेश फर्कन हतोत्साहित बनाउने घोषित सरकारी नीतिलाई भने तत्काल परिमार्जन गरिनु आवश्यक छ । विश्वका जुनसुकै देशबाट आफ्नो देश (मातृभूमी) फर्किन चाहने आफ्ना नागरिकलाई कुनै देशले पनि प्रतिबन्ध लगाउदैन । प्रतिबन्ध वा रोक लगाउने नीति अन्तरराष्ट्रिय कानुन विपरित हुनजान्छ । नेपालको हकमा त देशको संविधान विपरित पनि हो ।

नेपालमा आउन चाहने सबै नेपाली नागरिकलाई निर्वाध रूपमा स्वदेश फर्किन दिनुपर्छ, बरू उनीहरूलाई सरकारी क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाॅच गरेर परिवारमा मिसिने व्यवस्थाको दायित्व भने सरकारमाथि नै हुन्छ ।

Comments
Loading...