No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कपनको चार तले घर क्वारिन्टाइनका लागि निःशुल्क दिने न्यौपानेको घोषणा

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेको छ । कोरोनाको जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडान रोकेको छ भने सोमबारदेखि लामोदूरीका सवारीसाधन संचालनमा रोक लगाएको छ । सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

यसले अर्थतन्त्रमा ठूलो असर पारेको छ । यस्तो बेलामा स्वतस्फूर्तरुपमा क्वारिन्टाइनका लागि निःशुल्क घर दिने घोषणा गरेका छन् भने कसैले एक, कसले दुई र कसैले तीन महिनाको डेरा भाडा नलिने घोषणा गरेका छन् ।

त्यस्तैमा रसुवाको नौकुण्ड बडहरेका झवराज न्यौपानेका छोरा विष्णु प्रसाद न्यौपानेले काठमाडौंको कपनमा रहेको आफ्नो चार तले घर सरकारले चाहेमा निःशुल्क रुपमा क्वारिन्टाइनको लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

स्वास्थ्यकर्मीसमेत रहेका न्यौपानले कोरोनाको जोखिम अन्त्य नभएसम्म घर भाडा नलिनेसमेत बताएका छन् । विष्णु प्रसाद न्यौपाने कपन बालुवाखानीमा क्लिनिक संचालन गर्दै आएका छन् । उनले क्वारिन्टाइनका लागि आफ्नो घर प्रयोगका लागि आफूलाई ९८५११९२९५६ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Comments
Loading...